महोत्तरी । जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ६ मटिहानीमा पाँच सैय्याको प्रस्तुति गृह अस्पतालको निर्माण कार्य सम्पन्न भएको छ ।
उक्त प्रस्तुति गृह भवन राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम र मटिहानी नगरपालिकाको सहयोगमा करिब २ करोडको लागतमा निर्माण भएको उक्त प्रस्तुति गृह भवनमा ऑपेरशन कोठा–१, एनआइसी कोठा–१, जेनेरल बेड कोठा–१, स्टाफ कोठा–१, फार्मेसी कोठा–१ लगायतका कोठाहरु रहेको कुरा ई. बिमलेश साहले बताए ।
यसैबीच, नव–निर्मित उक्त प्रस्तुति गृह भवनमा नगर प्रमुख हरि प्रसाद मण्डलद्वारा बिहीबार धार्मिक विधिवत् पूजा गरिएको छ ।
उक्त प्रस्तुति गृह भवन निर्माणले प्रस्तुति गृह संचालन गर्न र आम नागरिकलाई प्रसूती सेवा प्रदान गर्न सहज हुने बिश्वास प्रमुख मंडलले व्यक्त गरेका हुन्े ।
उक्त कार्यक्रममा वडा नं.६ का वडा अध्यक्ष कलीम अन्सारी, जिल्ला समन्वय समिति सदस्य राम लखन पंजियार, कार्यपालिका सदस्य सुनेकेशी चौधरी, वडा सचिव बिकेश झा, वडा सदस्यहरु, रामसेवक साह, शंकर मंडल, मोख्तार अन्सारी लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया