मधेशले आर्मीलाई पराजित गर्यो

समाचार

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई मधेशले ३ विकेटले पराजित गरेको छ ।

बुधबार दाङको लमहीमा भएको खेलमा आर्मीले दिएको २१८ रनको लक्ष्य मधेशले ७ विकेटको क्षतिमा ४८ ओभरमा पूरा गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ७ विकेटको क्षतिमा २१७ रन बनायो ।

मधेशको जीतमा रूपेश सिंहले अलराउन्ड प्रदर्शन गरे । प्लेयर अफ दि म्याच रूपेशले नटआउट ३८ रन बनाउँदा बलिङतर्फ २ विकेट लिएका थिए । रूपेशले २० बलमा २ चौका र २ छक्का प्रहार गर्दा मधेशको जित सम्भव भयो ।

अंक तालिकामा १० अंक जोडेर दोस्रो स्थानमा रहेको आर्मीले यसअघि लगातार पाँच खेलमा जित निकालेको थियो । आर्मीलाई छैटौं खेलमा पराजित गरेको मधेशले भने पाँच खेलमध्ये दुई खेलमा जित निकालेको छ ।

त्यसअघि मधेशका कप्तान अनिल साहले ४५ रन बनाउँदा हरिशंकर साह र पवन सर्राफले ३७–३७ रन जोडे। निशिल सिंहले जोडेको नटआउट १४ रन पनि महत्वपूर्ण सावित बन्यो ।

बलिङमा आर्मीका नरेन साउदले ३ विकेट लिए भने सोमपाल कामी र बसिर अहमदले २–२ विकेट हात पारे ।

आर्मीका लागि भीम सार्कीले ८९ रन बनाए। उनले १२६ बलमा ४ चौका प्रहार गरे। सन्तोष कार्कीले ३३ रन र कुशल मल्लले २० बलमा नटआउट २४ रन जोडे ।

बलिङमा मधेशका रूपेशसहित कमल गुप्ता र पवन सर्राफले २–२ विकेट लिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ