राकेश यादव, रौतहट । उद्योग वाणिज्य संघमा साधारण सभा गर्ने विषय लिएर विवाद उत्पन्न भएको छ । ३ वर्षे कार्यकाल सकिए पछि नयाँ नेतृत्व चयन गर्नको लागि आयोजना गरिने साधारण सभाको विषयमा वाणिज्य संघको अध्यक्ष र महासचिवबीच विवाद उत्पन्न भएपछि तोकिएको मितिमा साधारण सभा हुन नसक्ने अन्यौलता बढ्दै गएको हो ।
शनिबार उद्योग वाणिज्य संघका महासचिव रबिन्द्रनाथ गोपाली र अध्यक्ष पंडित प्रसाद जैसवालले नेपाल पत्रकार महासंघ रौतहट शाखामा छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी एक अर्का माथि आरोप प्रत्यारोप लगाएका छन् ।
महासचिव गोपालीले कार्यसमितिको अवधि गएको पुष २६ गतेमा नै सकिएकोले चैत्र २३ गते साधारण सभाको आब्हान गरेकोमा अध्यक्षको आपति भएको बताएका छन्। उनले बर्तमान कार्यसमितिले नया नेतृत्व चयन गर्ने पक्षमा भएपनि अध्यक्षले बिधान विपरित ६ महिना आफ्नो अबधि लम्ब्याउन खोजेको आरोप लगाए।
अवधि सक्नुभन्दा अगाबै साधारण सभाको समय निर्धारण गर्नु पर्ने भएकोले पटक पटक मिति तोक्नु आग्रह गर्दा पनि अध्यक्षले अनाकानी गर्दै आएकोमा आफ्नो अध्यक्षतामा बैठक बसाएर साधारण सभा बोलाउने निर्णय गरेको दावी गरे ।
महासचिव गोपालीले जालझेल गरेर अवधि लम्ब्याउने खोजेको भन्दै त्यस्तो कुनै पनि हालतमा हुन नदिने बिरोध गरे अध्यक्षलाइ पेलेर भएपनि साधारण सभा गराउने चेतावनी दिए।
अध्यक्षले सहमतिमा आएन भने बहुमतको आधारमा साधारण सभा गराउने छु उनले भने बिधान बिपरित जादैनौ। नया सदस्यता शुल्क घटाउने कार्यसमितिको निर्णय रहेको अनुसार नै शुल्क लिने गरेको दाबी उनको रहेको छ।
कार्यालयमा तालाबन्दी गरिएको कुरा अफवाह भएको ठोकुवा गरे। ताला बन्दी गरिएको छैन उनले थपे कर्मचारी नभएको करण कार्यालय बन्द रहेको दुई आर्थिक वर्षको आय व्ययको लेखा परिक्षण भए पनि एक बर्षको लेखापारिक्षण गराउन अध्यक्षलाइ भन्दा पनि कुनै चासो नलिएको टिप्पणी गरे।
महासचिव गोपालीको करण नै साधारण सभा नहुने अवस्थामा पुगेको रौतहट उद्योग बाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जैसवालको आरोप रहेको छ। कार्यसमितिको निर्णय बाट महासचिवको नेतृत्वमा नबिकरण तथा नया सदस्यताको समिति बनाईएको बताउदै महासचिवले बिना कुनै कागजातको सदस्यता रसिद काटेकोले विवाद उत्पन भएको उल्लखे गरे।
अध्यक्ष जयसवालले १८ सयभन्दा बढी व्यक्तिको बिना प्रमाण रसिद काटिएको दावी गरे। सदस्यता रसिद काटिएको बिषयमा छलफल गर्न महासचिवलाइ भन्दा चासो नलिएको करण यस्तो अवस्था सृजना भएको उहाको कथन रहेको छ।
आफुले साधारण सभा गराउन तयार रहेको भन्दै नियम बिपरित वितरण गरिएको नया सदस्यतालाइ कुनै पनि हालतमा स्वीकार्य नगर्ने जनाए। ३५ दिन अगावै मतदाता नामबाली प्रकाशन गर्नु पर्ने प्रवधान रहेकोले अहिले सम्म त्यो कार्य नभएकोले चैत्र २३ गते तोकिएको साधारण सभा नहुने बताए।
व्यापारीहरुको हक हितको लागि सबैले मिलेर अघि बढ्नु पर्ने धारणा राख्दै अध्यक्ष जैसवालले बिबादित बिषयमा बसेर छलफल गरेर अघि बढ्न महासचिव लगायत अन्य पदाधिकारीलाई आग्रह गरे ।
तपाईको प्रतिक्रिया