अन्तर्राष्ट्रिय उत्कृष्टता सेवा पुरस्कारबाट १५ जना भारतमा सम्मानित

समाचार

काठमाडौं । अन्तर्राष्ट्रिय उत्कृष्टता सेवा पुरस्कारबाट तराई–मधेश महिला फाउन्डेशन नेपालकी अध्यक्ष, समाजसेवी एवं महिला नेतृ सुनिता साह (क्रान्ति) सहित १५ जनालाई भारतको कलकत्तामा सम्मान गरिएको छ ।

अन्तर्राष्ट्रिय उत्कृष्टता सेवा पुरस्कार तथा इन्टरनेशनल एक्सेलेन्सी सर्भिस अवार्ड यी दुई अवार्डले सम्मानित गरिएको हो ।

उक्त कार्यक्रममा सहभागीहरुले नेपाल–भारत बिचको सम्बन्ध अझ सुमधुर बनाउनुपर्नेमा जोड दिँदै नेपाली टोपी, खादा र मालासहितले सम्मान समेत गरेको फाउन्डेसनले जनाएको छ ।

ग्लोबल मानव अधिकार संरक्षण मञ्चका संस्थापक सहअध्यक्ष महानन्द सरकार दत्तको अध्यक्षतामा तथा अधिवक्ता डा. विजय कस्तुरे (महाराष्ट्र) को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा राज्य निर्देशक एवम् महाराष्ट्र, जीएचआरपीएफका डा. प्रकाश रामभाउ खण्डग, डा. मुकुल चक्रवर्ती (सचिव, शैली शपथ, कोलकाता), कब्यगुरु डा. अजित दत्त (प्रसिद्ध कवि, आसाम), कवि अशोक चक्रवर्ती, कोलकाता लगायतकाहरुले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ