ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

समाचार

रूपन्देही । शुद्धोधन गाउँपालिका–३ बेतानीस्थित सडकमा लु.३ त ६३२२ नम्बरको ट्याक्टरले लु.४१ प ७५९६ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिँदा स्कुटर चालक तिलोत्तमा नगरपालिका–५ बस्ने ३५ वर्षीय राजन अर्यालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमशन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ