काठमाडौं । राजावादीहरुले शुक्रबार गरेको विरोध प्रदर्शनका क्रममा भएका अराजक गतिविधिहरुको जनमत पार्टीले भर्त्सना गरेको छ ।
जनमत पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले शनिबार एक विज्ञप्ति जारी गरी काठमाडौंको तिनकुने, कोटेश्वर तथा अन्य क्षेत्रमा प्रदर्शनका क्रममा भएका अराजक गतिविधिहरुको घोर भर्त्सना गरेका हुन् ।
प्रदर्शनको क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुरका सबिन महर्जनको मृत्यु भएकोप्रति जनमत पार्टीले गहिरो दुःख व्यक्त गर्दै मृत आत्माको चीर शान्तिका लागि कामना गरेको छ ।
तपाईको प्रतिक्रिया