कोटेश्वर घटनाप्रति लोसपाको गम्भीर ध्यानाकर्षण

समाचार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार कोटेश्वरमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

लोसपा अध्यक्ष ठाकुरले प्रेस विज्ञप्ति जारी गरी घटनामा एक जना पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको समाचारले आफूहरुलाई स्तब्ध बनाएको जनाएका हुन् ।

उनले मृत आत्माको चीर शान्तिको लागि श्रद्धासुमन अपर्ण गर्दै उनको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

‘विरोध गर्न पाउनु लोकतान्त्रिक अधिकार हो तर निजि सम्पत्ति लुटपाट गर्नु, तोडफोड गरी आगो लगाउनु अराजकता हो । यस्ता कार्य सरकारले कडाइका साथ रोक्नु पर्दछ र दोषीहरु माथि कार्यवाही गर्नुपर्दछ ।’ अध्यक्ष ठाकुरले विज्ञप्तिमा भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ