काठमाडौं । ‘मधेशको लागि वन’को केन्द्रीय समिति गठन गरिएको छ ।
मधेशको लागि वनका संरक्षक विनोद कुमार सिंहको अध्यक्षतामा गत चैत ७ गते सम्पन्न भएको भेलाले सुरेश प्रसाद शर्माको नेतृत्वमा १७ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो ।
मधेशको लागि वनको उपाध्यक्षत्रय जवाहर लाल प्रसाद कुर्मी, कमलदेव चौधरी र रामाशंकर प्रसाद यादव, महासचिव सुजिता कुमारी राउत, सचिवद्वय राकेश रञ्जन दास र श्वेता झा, कोषाध्यक्ष पुष्पा कुमारी मिश्रा र सहकोषाध्यक्ष रेणु साह चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा सुनिल कुमार सिंह, विजयकान्त झा, शिवनारायण मण्डल, हिरालाल जयसवाल, सत्यनारायण यादव, राम अशिष शर्मा, निरज साह र शालिनी साह रहेका छन् ।
त्यसैगरी, रामस्वार्थ साह, हरिनारायण मण्डल र अमरदेव प्रसाद यादवलाई सल्लाहकारमा चयन गरेको मधेशको लागि वनका संरक्षक सिंहले जनाएका हुन् ।
तपाईको प्रतिक्रिया