‘देश निर्माणमा युवाहरुको अहम भुमिका छ’

समाचार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले देश निर्माणमा युवाहरुको भुमिका अहम रहेको बताएका छन् ।

लोसपाका भ्रातृ संगठन लोकतान्त्रिक युवा संघद्वारा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले देश निर्माण युवा पुस्ता बिना सम्भव हुन नसक्ने बताएका हुन् ।

भण्डारीले हरेक क्षेत्रमा युवाहरुको सक्रिय सहभागिता हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टी अध्यक्ष महन्थ ठाकुर, पार्टीका अन्य नेताहरुको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा लोकतान्त्रिक युवा संघको उपत्यका समिति घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ