सप्तरी । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले आइतबार शारीरिक रूपमा अशक्त भई कष्टकर जीवन बिताउन बाध्य २५ जनालाई ह्वीलचेयर वितरण गरेका छन् ।
रोटरी क्लब अफ बर्दिवास र रोटरी क्लब अफ मेट्रो काठमाडौंको सहयोगमा उपलब्ध अत्याधुनिक प्रविधिको ह्वीलचेयर मन्त्री साहले आफ्नो गृहनगर हनुमाननगर कंकालिनी नगरपालिकामा एक विशेष समारोहका बीच वितरण गरेका हुन् ।
कार्यक्रममा मन्त्री साहले समाजमा शारीरिक अशक्तता भएका व्यक्तिहरूप्रति राज्य र समुदायको उत्तरदायित्व महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता सहयोगात्मक कार्यक्रमले उनीहरूलाई आत्मनिर्भर बन्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया