काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले ४७औं पटक रक्तदान गरेका छन् ।
सोमबार काठमाडौंस्थित प्रदर्शनी मार्गमा रहेको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा डा.अहिराजले रक्तदान गरेका हुन् ।
देशमा रगतको अभाव रहेको भन्दै उनले हरेक जिम्मेवार र सक्षम नागरिकहरुले रक्तदान गर्न आग्रह गरेका छन् ।
उनले देशमा रगतको समस्या कायम रहेकोले सबै सक्षम जनप्रतिनिधि, समाजका अगुवा, राष्ट्रसेवक र बुद्धिजीवीहरुलाई रक्तदान गर्न अपिल गरे ।
तपाईको प्रतिक्रिया