काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले शिक्षकहरूको न्यायोचित मागहरू पूरा गर्न सरकारलाई तत्काल कदम चाल्न आग्रह गर्दै आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।
अध्यक्ष महतो विज्ञप्ति जारी गरी काठमाडौंमा जारी रहेको शिक्षक आन्दोलनलाई पूर्ण समर्थन जनाएका हुन् ।
नेपालका शिक्षकहरू राष्ट्र निर्माणको आधारस्तम्भ हुन्, तर उनीहरूको सेवा अवस्था, आर्थिक सुरक्षा र गरिमामय जीवनयापनको मागहरू लगातार उपेक्षित छन् ।
शैक्षिक पेशागत सम्मान र स्वायत्तताको संरक्षण, शिक्षा ऐनमा शिक्षकहितका प्रावधानहरू समावेश गर्ने, जस्ता मागहरू राष्ट्रिय शिक्षा विकासको लागि अत्यावश्यक छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘हामी मान्छौं कि शिक्षकहरूको आवाजलाई बेवास्ता गर्नु भनेको देशको भविष्यसँग खिलवाड गर्नु हो । शिक्षकहरूको हक अधिकारको लडाइँ भनेको राष्ट्रिय प्रगतिको लडाइँ हो ।’
‘शैक्षिक वर्ष प्रारम्भको अवस्थामा शैक्षिक संस्था छोडेर शिक्षकहरु सडकमा आउनु पर्ने अवस्था सृजना गर्नु अत्यन्तै दुखद हो तसर्थ शिक्षकहरुको माग अविलम्ब पुरा गरियोस भनि सरकारलाई सचेत गराउन चाहन्छौं । साथै शिक्षकको न्यायपूर्ण माग मुद्धा प्रति हाम्रो पूर्ण ऐक्यवद्धता छ ।’ विज्ञप्तिमा भनिएको छ ।
तपाईको प्रतिक्रिया