काठमाडौं । शिक्षकहरुको जारी आन्दोलनमा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले समर्थन जनाएको छ ।
जनता प्रगतिशील पार्टीका वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवले मंगलबार प्रेस विज्ञप्ति जारी गरी शिक्षकहरुको आन्दोलनप्रति समर्थन जनाएका हुन् ।
वरिष्ठ उपाध्यक्ष डा.यादवले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाल शिक्षक महासंघले माघ महिनादेखि घोषणा गर्दै हाल काठमाडौंकेन्द्रित गरिरहेको यस आन्दोलनलाई समर्थन गर्दै जनता प्रगतिशील पार्टी नेपाल यस आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछ ।’
तपाईको प्रतिक्रिया