काठमाडौं । नेपाल र भारतबीच कृषि क्षेत्रमा सहयोगका लागि एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बुधबार भएको सो समझदारीपत्रमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताले विशेष गरी बाली उत्पादकत्वमा सुधार, पोष्टहार्भेष्टको व्यवस्थापन र बजारीकरणका साथै जलवायु उत्थानशीलता र दिगो कृषि जस्ता क्षेत्रहरूमा हाल जारी रहेको सहयोगलाई नयाँ प्रेरणा दिने जनाइएको छ ।
दुवै मन्त्रीहरूले कृषि क्षेत्रमा रहेको द्विपक्षीय सहयोगको समीक्षा गर्नुभयो र पारस्परिक लाभका लागि सहकार्यलाई थप बढावा दिने तरिकाहरूबारे छलफल गरेका थिए ।
तपाईको प्रतिक्रिया