भारतबाट आउने पर्यटकीय सवारी साधनमा स्टिकर टाँस्ने अभियान शुभारम्भ

समाचार

विराटनगर । कोशी प्रदेश सरकारले सीमा नाकामा पर्यटकीय सवारी साधनलाई स्टिकर टाँस्न सुरु गरेको छ । शुक्रबार विराटनगरस्थित जोगबनी नाकाबाट पर्यटकहरू चढेका सवारी साधनमा स्टिकर टाँस्न सुरु गरिएको हो ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भारतीय सवारी साधनमा स्टिकर टाँसेर अभियानको शुभारम्भ गरेका हुन् ।

आगामी २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकहरूलाई सहज र सहज र सरल होस् भनेर यो अभियान सुरु गरेको हो ।

भारतबाट आउने पर्यटकहरूलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो आएपछि यो अभियानलाई कोशी प्रदेशभरि लागू गर्न लागिएको हो ।

यो स्टिकर टाँसेको सवारी साधनलाई नाकामा चेकजाँच गरेपछि अरू बीचमा प्रहरीले चेकजाँच गर्न नपाउने व्यवस्था गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील खालको सूचना आएमा मात्र त्यस्ता गाडीमा चेकजाँच गरिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ