राप्ती नदीमा डुबेर एकको मृत्यु

समाचार

बाँके । जिल्लाको राप्ती सोनारी ३ सिनावाजमा शनिबार राप्ती नदीमा डुबेर एक जना युवतीको मृत्यु भएको छ ।

माछा मार्न गएकी सिनावाज निवासी १८ वर्षीया युवती दिक्षिका चौधरीकोको राप्ती नदीमा डुबेर मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

ठग्गु थारुको १८ बर्षिया छोरी दिक्षिका गाउँकै महिलाहरूसँग माछा मार्न गएको बेला राप्ती नदीमा डुबेर मृत्यु भएको जनाइएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार माछा मार्ने क्रममा ११ जना महिलासँगै दिक्षिका पनि पानीमा डुबेका थिए । दिक्षिका बाहेक सबैलाई सकुशल उद्धार गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ