वीरगंज । वीरगञ्जको सुरक्षा अवस्थालाई मध्यनजर गरी स्थानीय प्रशासनले हिजो साँझ ६ः३० बजे देखि लगाएको कफ्र्युको अवधि आइतबार राती १२ बजे सम्मकालागि पुनः थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न सर्वपक्षीय बैठकले परिस्थितिको मूल्याङ्कन गर्दै जारी कफ्र्युको अवधि बढाउँदै आज मध्यरात सम्म कायम राख्ने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताएका छन् ।
यसअघि हिजो साँझ आज दिउसो १२ बजे सम्मका लागि कफ्र्यु आदेश जारी भएको थियो ।
विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, जनप्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको सर्वपक्षीय बैठकले वीर गन्जको सुरक्षालाई मध्यनजर गर्दै कफ्र्यु नहटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दीपक पटेलले जानकारी दिए ।
बैठकले शनिबार साँझ वीरगञ्जमा भएको घटनाको समीक्षा गर्दै धार्मिक सद्भाव भड्कन नदिन जनसमुदायलाई अपिल गर्ने निर्णय समेत गरेको पटेलले बताए ।
तपाईको प्रतिक्रिया