फोनिजको अध्यक्षमा लक्की चौधरी निर्विरोध निर्वाचित

समाचार

रुपन्देही । नेपाल आदिवासी जनजाति पत्रकार संघ (फोनिज) को आठौँ संघीय महाधिवेशनबाट अध्यक्षमा लक्की चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

रुपन्देहीमा सम्पन्न महाधिवेशनमा अध्यक्षसहितका केही पदाधिकारी निर्विरोध निर्वाचित भएपनि केही पदाधिकारीसहित खुला केन्द्रीय सदस्यहरु भने निर्वाचनको प्रक्रियाबाट टुङ्गो लागेको हो ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सरु राना र महिला उपाध्यक्षमा अन्जना शिल्पकार, महासचिव समिर बलामी र अल्पसङ्ख्यक सचिवमा लिला दुई सर्वसम्मत निर्वाचित भएका हुन् ।

त्यसैगरी खुला उपाध्यक्षमा विश्वराज तामाङ, कोषाध्यक्ष अर्जुन तामाङ र तीन सचिवमा मिलन गाहा, एमबी मगर र सन्दिप श्रेष्ठ, महिला सचिवमा माया पालुङे निर्वाचनमार्फत निर्वाचित भएका छन् । सचिवमा ८ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

१५ जना पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमितिको चयन भएको नवनिर्वाचित सचिव मिलन गाहाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ