जनकपुरधाम । वीरगंजमा हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभा यात्रामाथि ढुँगा प्रहार गरी कार्यक्रम विथोलिएको घटनाको विरोधमा जनकपुरधामस्थित राष्ट्रिय एकता अभियानले विरोध प्रदर्शन गरेको छ ।
उक्त विरोध प्रदर्शनमा सहभागीहरूले गृह मन्त्रालयको निष्क्रियता प्रति आक्रोश व्यक्त गर्दै गृहमन्त्रीको पुतला दहन गरेका छन् । उनीहरूले दोषीहरूलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेका छन् ।
प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले “सर्वपक्षीय बैठकको नाटक बन्द गर“, “जिहादी आतंकवाद मुर्दावाद“ दोषीलाई तत्काल गिरफ्तार गर लगायतका नारा लगाएका थिए ।
अभियानका प्रतिनिधिहरूले भने, “यो कुनै साधारण घटना होइन, धार्मिक स्वतन्त्रतामाथि आक्रमण हो। दोषीहरूलाई छिटोभन्दा छिटो कारबाही नभए अझ कडा आन्दोलन गरिनेछ ।”
सुरक्षा व्यवस्था कडा बनाइएको जनाइएको छ भने प्रशासनले यस विषयमा छानबिन प्रक्रिया अगाडि बढाइरहेको बताएको छ ।
तपाईको प्रतिक्रिया