मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा

समाचार

जनकपुरधाम । मधेश प्रदेश सरकारले बैशाख २ गते मंगलवार जुड शीतल तथा सिरुवा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका शाखा अधिकृत दिवेन्द्र कुमार यादवले सार्वजनिक बिदा सम्बन्धि सूचना जारी गरेर सो कुरा जनाएका हुन् ।

बैशाख १ गते नयाँ वर्षको बिदा भएको वेलामा २ गते पनि मधेश प्रदेशमा बिदा भएको छ । मधेश प्रदेशका जिल्लाहरूमा बसोबास गर्ने थारु समुदायले शिरुवा पर्व मनाउने गरेको छ भने मधेशी समुदायले यसैलाई जूड शीतल पर्वको रुपमा मनाउने गरेको छ ।

जूड शीतल वा शिरुवा पर्वमा ठूला वडाले घरका हरेक सदस्यको टाउकोमा बासी पानी थप थपाएर आशीर्वाद दिने गरेका हुन्छन् भने नयाँ वर्षमा बनाइएका तरुवा, कडी, वडी सहितका परिकारहरू बनाएर खाने र त्यस मध्येकै केही चोखो परिकार निकालेर जूड शीतलमा प्रयोग गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ