काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले वीरगन्जमा शान्ति र सद्भाव कायम राख्न आम नागरिकमा अपिल गरेका छन् ।
पछिल्लो केही दिन यतादेखि वीरगंजमा दुई समुदायबीच द्वन्द्व भइरहेकाले उनले बुधबार सामाजिक सञ्जालमार्फत शान्ति र सद्भाव कायम राख्न सबै समुदाय एवं नागरिकहरूमा अपिल गरेका हुन् ।
ऐतिहासिक क्रान्तिको शहर वीरगंजको मौलिक पहिचान धार्मिक स्थलहरू, विशिष्ट तरिकाले मनाइने पर्व–यात्राहरू र सामाजिक सांस्कृतिक सामञ्जस्यले पनि भएको र नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धार्मिक–सांस्कृतिक आस्थाको स्वतन्त्रता दिएको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया