उत्कृष्ट कार्य गर्ने प्रहरी हवल्दार यादवलाई सम्मान

समाचार

इमरान खान, कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहत प्रहरी इकाईका कार्यालय प्रमुखहरुलाई मासिक मिटिङ तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई नगद तथा प्रशंसा–पत्रद्धारा सम्मान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टले कपिलवस्तु जिल्लाको समसामयिक विषयहरुमा निर्देशन गर्नुका साथै उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हवल्दार सत्यनारायण यादवलाई चैत महिनाको उत्कृष्ट प्रहरी (Police Of The Month) प्रशंसा–पत्रद्वारा नगद पुरस्कारबाट सम्मानित गरी उत्कृष्ट काम गर्ने अन्य प्रहरी कर्मचारीलाई समेत नगद पुरस्कार प्रदान गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ