काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री एवम परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाहयानबीच भएको द्धिपक्षीय छलफलमा नेपाली श्रमिकको पक्षमा दीर्घकालिन हित हुने केही महत्वपूर्ण बिषयहरु अगाडि सारेका छन् ।
बुधवार भएको उक्त द्धिपक्षीय छलफलमा श्रम, रोजगादर तथा सामाजिक सुरक्षा मन्त्रालयको तर्फबाट मन्त्री भण्डारीले नेपाली महिला घरेलु कामदार युएई लैजाने सम्बन्धमा एक पाइलट परियोजना अगाडि बढाउने बिषयमा गहन छलफल भएको बताए ।
त्यस्तै, युएई पच्छिलो समय अध्ययन गन्तव्यको रुपमा पनि विकास भएको भन्दै नेपाली विदार्थीहरुलाई छात्रवृती उपलब्ध गराउन, दक्षजनशक्ति उत्पादनका लागि युएई सरकारको सहयोगमा तालिम केन्द्र निर्माणका लागि भौतिक पूर्वाधार सहित आवश्यक तालिक उपकरण उपलब्ध गराई दिनका लागि आग्रह गरेका छन् ।
मन्त्री भण्डारीका अनुसार, युएईमा कार्यरत नेपाली कामदारहरुको हकमा २४ घण्टा काम गर्दा बीमा लागु हुनु पर्ने प्रस्ताव अगाडि सारेका छन् । । त्यसैगरी, नेपाली कामदारले पारिश्रमिक रेमिट्यान्स मार्फत रकम नेपाल पठाउँदा लाग्ने चर्काे शुल्क कम गर्न पनि आग्रह गरेका छन् ।
युएईमा रहेका कम्पनीहरुले कर्पाेरेट सामाजिक उतरदायित्व अन्तर्गत नेपाली कामदारहरुका लागि स्वास्थ्य, शिक्षा विकासका लागि खर्च गर्नुपर्ने व्यवस्थाका लागि अनुरोध गरेको उनले बताए ।
तपाईको प्रतिक्रिया