काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले छिमेकी मित्रराष्ट्र भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंककारी आक्रमणको घोर निन्दा तथा भर्त्सना गरेका छन् ।
अध्यक्ष ठाकुरले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो आक्रमणको निन्दा गर्दै त्यसका विरुद्ध सम्पूर्ण विश्वजगत् एक भई लड्नुपर्ने आजको आवश्यकता रहेको बताएका हुन् ।
‘मंगलबार जम्मू–कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणमा एक जना बुटवल निवासी नेपाली नागरिक सुदीप न्यौपानेसहित २७ जना पर्यटकहरुको मृत्यु हुनुको साथै केही गम्भीर घाइते भएकोमा यस आतंककारी आक्रमणको लोसपा नेपाल घोर निन्दा तथा भर्त्सना गर्दछ’, उनले विज्ञप्तिमा भनेका छन् ।
मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो सम्वेदना प्रकट गर्दै अध्यक्ष ठाकुरले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।
आतंकवादको कुनै धर्म, राष्ट्रियता र स्वीकार्यता हुँदैन भन्दै उनले यसको विरुद्ध सम्पूर्ण विश्वजगत् एक भई लड्नुपर्ने आजको आवश्यकता रहेको धारणा राखेका हुन् ।
तपाईको प्रतिक्रिया