मटिहानीमा एक महिने मिथिला पेन्टिङ सीप विकास तालिमको सुरु

समाचार

महोत्तरी । जिल्लाको मटिहानी नगरपालिकामा शुक्रबारदेखि मिथिला पेन्टिङ सीप विकास तालिम सुरु गरिएको छ ।

यसैबीच एक कार्यक्रमका बीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले उक्त एकमहिने मिथिला पेन्टिङ सीप विकास तालिमको शुभारम्भ गरेका हुन् ।

उक्त तालिमको शुभारम्भ गर्दै नगर प्रमुख मण्डलले अहिले मिथिला क्षेत्रमा यो मिथिला पेन्टिङको महत्व अति नै बढ्दै गइरहेको छ र यस तालिमबाट सिप हासिल गरी मिथिला पेन्टिङलाई व्यवसायीकरण गरी यसबाट आय आर्जन गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

मटिहानी नगरपालिकाले पालिकामा बालविवाहलाई निरुत्साहित गर्ने उद्देश्यले बालविवाह नगर्ने किशोरीहरूको लागि सञ्चालन गरिएको उक्त तालिम एक महिनासम्म चल्ने र यसमा वडा नम्बर ६, ७ र ८ का ३० जना किशोरीहरूलाई उक्त तालिम दिने कुरा पालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दिपा कुमारी दासले बताइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राजकीय संस्कृत माविका प्र.अ. ईश्वरी पौडेल वड़ा नं. ७ का वडा अध्यक्ष जितनारायण माझी लगायतका वक्ताले मिथिला पेन्टिङ र यसको तालिमको महत्वबारे प्रकाश पारेका थिए ।

उक्त कार्यक्रममा नगर उप–प्रमुख मंजु देवी साह, वडा नं ६ का वडा अध्यक्ष कलिम अन्सारी, वडा नं ८ का वडा अध्यक्ष रितेश साह, स्वास्थ्य शाखा प्रमुख पवन कुमार मण्डल, राम मा.वि.का प्र.अ. श्रीश कुमार मिश्र, प्रशिक्षक सुलोचना कर्ण, सूचना प्रविधि अधिकृत जय कुमार यादव, कार्यपालिका सदस्य सुनकेशी चौधरी लगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ