पहलगाम आतंकवादी आक्रमणमा मारिएकाहरुप्रति श्रद्धाञ्जली अर्पण

समाचार

वीरगन्ज । भारतको जम्मू कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा मारिएकाहरुप्रति वीरगञ्जमा तराई–मधेश महिला फाउन्डेशन नेपालले श्रद्धाञ्जली अर्पण गरेको छ ।

फाउण्डेशनको आयोजनामा वीरगन्जको घण्टाघरस्थित आइतबार मृतकहरुको आत्माको चीर शान्तिका लागि मैनबत्ती बालेर एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको हो ।

सो अवसरमा वक्ताहरूले धर्मको नाममा सामाजिक सदभाव बिथोलिँदै यसरी बर्बरताका साथ नेपाली लगायत अन्य ठाउँबाट आएका हिन्दूहरुलाई गोली हानी मारिएको घटनाप्रती घोर विरोध समेत जनाएका थिए ।

तराई–मधेश महिला फाउन्डेशन नेपालकी अध्यक्ष सुनिता साहको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा बिपिन साह, दिपेन्द्र पटेल, सुधिर साह, रोहन साह, मैना देवि साह लगायतका महिला तथा युवाहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ