हत्या आरोपमा चार जना पक्राउ

समाचार

राकेश यादव, रौतहट । गोली हानेर हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जना आरोपितलाई रौतहट प्रहरीले सार्वजनिक गरेको छ ।

बैशाख ६ गतेका दिन हत्या गरी फरार रहेका आरोपितलाइ खोज तलाश गरी पक्राउ परेका अभियुक्तलाई आइतबार जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

जिल्लाको बृन्दाबन नगरपालिका वडा नम्बर ७ निवासी १४ वर्षीय कृष्ण प्रसाद यादवको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका २५ बर्षीय नागेन्द्र सहनी मुख्य अभियुक्त, २२ वर्षीय साधु भन्ने नागेन्द्र सहनी, सहायक अभियुक्त तथा मृतकको मोटर साइकल ५ हजारमा किनी ग्यारेजमा लुकाउने गौर नगरपालिका ४ निवासी विकास पटेल र ग्यारेजबाला गौर नगरपालिका वडा नम्बर ८ निवासी अनिल साहलाइ सार्वजनिक गरिएको हो ।

बैशाख ६ गते घरबाट बी आर ०५डब्लू ०१३७ नम्बरको मोटरसाइकल लिएर निस्केका कृष्ण प्रसाद यादव सम्पर्कविहीन भएपछि परिवारले खोजतालाशको लागि निवेदन दिँदा खोज तलाश गर्ने क्रममा बैशाख ११ गते गरुडा नगरपालिका वडा नम्बर ८ स्थित चादी खोलामा मृत अवस्थामा शव फेला परेको प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताएका छन् ।

घटनापछि अनुसन्धान गर्दै जाँदा पक्राउ परेका दुवै मुख्य र सहायक अभियुक्तले टिकटक बनाउनका लागि मृतकलाई बोलाएको घटनास्थल नजिक पुग्दा साधु भन्ने नागेन्द्र सहनीले मोटर साइकलबाट धकेली लडाएको र अर्का नागेन्द्र सहनी छातीमा २ राउण्ड गोली हानी कर्तव्य गरी हत्या गरेको प्रहरी उपरिक्षक घिमिरे बताए ।

हत्या गरी शव फाली मृतककै मोटरसाइकलमा चढी साधु भन्ने नागेन्द्र सहनीले आफ्नो बहिनी ज्वाईको घर दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ मा गई मोटरसाइकल र हत्या गर्न प्रयोग गरिएको पेस्तौल लुकाई भएको थियो ।

बैशाख ७ गते दुवै जना बहिनीको घरमा पुगी मोटर साइकल लिएर पक्राउ परेका विकास पटेल संग ५ हजारमा बिक्रि गरेको र सो मोटरसाइकल ग्यारेजबाला अनिल साहले टुक्रा टुक्रा गरी राखेको अवस्थामा बारामद भएको प्रहरी उपरिक्षक घिमिरेले जनाए ।

घटना दुवै परिवारको पहिलाको मुद्दा मामिलाको रिइसबीको कारण घटाइएको प्रहरीको दावी रहेको छ। घटनामा प्रयोग भएको कटुवा पेस्तौल र ४ राउण्ड गोलीमा बारामद गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । पक्राउ परेका माथि थप अनुसन्धान भई रहेको र अन्य शसंकित व्यक्तिको खोज तलास जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ