बाँके । जिल्लाको कोहलपुर–१ मा भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।
भूमि समस्या समाधान आयोग बाँकेले जिल्लाका ९१ जना भूमिहीन दलित र सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको जनाएको छ ।
भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा भूमि सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले लालपुर्जा वितरण गरेका छन् ।
वर्षौंपछि आफूले खेतीपाती गर्दै आएको जग्गाको पुर्जा पाएपछि कोहलपुरका भूमिहीन दलित परिवार खुसी भएका छन् । मन्त्री अधिकारीले राष्ट्रिय भूमि आयोगले देशभर भूमिहीन, दलित र सुकुम्वासीहरूलाई कानुनी प्रक्रिया पूरा गरेर वास्तविक भूमिहीनलाई जग्गा वितरण गर्ने प्रक्रिया सुरु गरिएको स्पष्ट पारे ।
दलित समुदायले वर्षौंदेखि भोग्दै आएका भूमि क्षेत्रका समस्या र भूमिमा खोजिरहेको स्वामित्वबारे आफू जानकार रहेको मन्त्री अधिकारीको भनाइ छ ।
तपाईको प्रतिक्रिया