देहरादुन (भारत) । छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाह र उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीबिच भेटवार्ता भएको छ ।
भारतको देहरादुनस्थित सरकारी मुख्यालयमा मुख्यमन्त्री धामी र शाहबिच भेटवार्ता भएको हो । सो क्रममा उहाँहरूबिच आपसी हित लगायतका विषयमा कुराकानी भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ ।
यस्तै, मुख्यमन्त्री शाहले उत्तराखण्डका तीन जना मन्त्रीसँग छुट्टाछुट्टै भेटघाट गरे । भेटमा कृषि, पर्यटन क्षेत्रको विकास, लगानी सम्मेलन लगायतका विषयमा छलफल भएको बताइएको छ ।
भारत सरकारको औपचारिक निमन्त्रणमा मुख्यमन्त्री शाह बैशाख १६ गते भारतको नयाँदिल्ली प्रस्थान गरेका थिए । मुख्यमन्त्री नेतृत्वको १० सदस्यीय टोली बैशाख २२ गते धनगढी फर्किने कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिया