मधेशी आयोगका निवर्तमान अध्यक्ष डा. दत्तद्वारा आतङ्कवादविरुद्ध शून्य सहनशीलताको नीति अपनाउन आग्रह

समाचार

काठमाडौं । मधेशी आयोगका निवर्तमान अध्यक्ष डा. विजयकुमार दत्तले आतङ्कवादविरुद्धको लडाइँमा सबै राष्ट्रले शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने स्पष्ट अभिव्यक्ति दिएका छन् ।

उक्त अभिव्यक्ति उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै आतङ्कवाद मानव समाज, परिवार र सम्पूर्ण राष्ट्रको स्थायित्व तथा शान्तिका लागि गम्भीर चुनौती भएको उल्लेख गरेका छन् ।

डा. दत्तले आफ्नो पोस्टमार्फत भनेका छन्, “आतङ्कवादले समाजको मूल आधारलाई नै ध्वस्त पार्दछ। यसविरुद्धको लडाइँमा सम्पूर्ण राष्ट्रहरू एकताबद्ध भएर साझा रूपमा अग्रसर हुन आवश्यक छ। कुनै पनि देशले आतङ्कवादी गतिविधिलाई आश्रय दिनु वा प्रत्यक्ष–परोक्ष रूपमा समर्थन गर्नु कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन ।”

उनले आतङ्कवादको जरो समूल उन्मूलन गर्नका लागि अन्तर्राष्ट्रिय स्तरमा साझा प्रयास र दृढ राजनीतिक इच्छाशक्तिको आवश्यकता रहेको धारणा व्यक्त गरेका छन् ।

उनका अनुसार, विश्व शान्तिको सुनिश्चितता तथा सुरक्षित भविष्यका लागि आतङ्कवादप्रति कडा नीति आवश्यक छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ