एनआरएमएको अन्तर्राष्ट्रिय समिति पुनर्गठन गरिने

समाचार

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टी निकट गैरआवासीय मधेशी संघ (एनआरएमए)को अन्तर्राष्ट्रिय समिति पुनर्गठन गरिने भएको छ ।

जनमतका केन्द्रीय प्रवक्ता डा.शरद सिंह यादवले आइतबार प्रेस विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय समितिलाई प्रभावकारी बनाउन तीन महिनाभित्र पुनर्गठन हुने जनाएका छन् ।

आइतबार जनमत पार्टीको केन्द्रीय सचिवालय समितिको बैठकले एनआरएमएको अन्तर्राष्ट्रिय समितिमा विभिन्न समस्याहरु देखिएकोले पुनर्गठन गरिन लागिएको प्रवक्ता डा.यादवले जनाए ।

उनका अनुसार विभिन्न देशका इन्चार्जहरु तथा अन्तर्राष्ट्रिय समितिको बैठक बसी आवश्यक छलफल गरी पुनर्गठन गरिनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ