महोत्तरी । जिल्लाको मटिहानी नगरपालिका वड़ा नं.५ गोबरौरामा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयको २ कोठे पक्की भवनको उद्घाटन गरिएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत मटिहानी नगरपालिकाद्वारा निर्माण गरिएको सो २ कोठे पक्की भवनको उद्घाटन बुधबार एक समारोहका बीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले गरेका हुन् ।
वि.सं.२०४५ सालमा स्थापना भएको सो बिद्यालयमा स्थापनाकालदेखि अहिलेसम्म जीर्ण भवनले गर्दा पठनपाठनमा समस्या भइरहेको थियो र उक्त भवनको उद्घाटनले गर्दा पठनपाठनमा सहजता हुने विश्वास नगर प्रमुख मंडलले व्यक्त गरे ।
वि.सं.२०४५ देखि अहिलेसम्म जस्ता पताले धाकिएको भवनमा अध्ययन अध्यापन हुँदै आएको यस बिद्यालयमा आज पक्की भवन निर्माण भई समुद्घाटन हुनु हाम्रो लागि ऐतिहासिक क्षण हो भन्दै खुशी ब्यक्त गर्दै अब यस भवनलाई प्रशासनिक भवन र शैक्षिक भवनमा प्रयोग गरी पढ़ाई स्तरलाई बृद्धि गर्ने बिश्वाश प्रधानाध्यापक धनुराम साहले बताए ।
स्थानीय नेपाली कांग्रेसका कैलाश नायक, कुशेश्वर यादव लगायतकाहरुले आफ्नो गाउँको बिद्यालयमा नयाँ भवन पाए पछि खुशी ब्यक्त गरेका छन् ।
उक्त भवन ३७ लाख ५० हजारको लागतमा निर्माण भएको कुरा पालिका प्राविधिक दिनेश साहले बताए ।
उक्त बिद्यालय भवन समुद्घाटन कार्यक्रममा उप–प्रमुख मंजु देवी साह, वड़ा नं. ५ का वड़ा अध्यक्ष मिश्री नायक, शिक्षा शाखा प्रमुख श्रीश कुमार मिश्र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नागेन्द्र महतो, इंजिनियर बिमलेश साह, वड़ा सचिव दिनेश यादव,लोसपाका संतोष नायक, पंचेश्वर यादव, स्थानीय रामपुकार साह, मोहन यादव, देव कृष्ण कापर, शिक्षक शिक्षिका लगायत बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया