सप्तरी । रूपनगर क्याम्पसमा ’समुदायमा सरकारी वकील’ विषयमा अन्तक्र्रिया आयोजन गरिएको छ । रूपनगर नन्दराज संग्रौला क्याम्पसले उच्च सरकारी वकील कार्यालय, राजविराजसँग मिलेर सो कार्यक्रम सञ्चालन गरेको हो ।
सहायक–न्यायाधिवक्ता विकास बञ्जाराले फौजदारी न्यायका विषयमा समुदायका हरेक सदस्यले जान्नुपर्ने विभिन्न पक्षबारे प्रस्तुतीकरण गर्नु भएको थियो। प्रस्तुति पछि विद्यार्थी, शिक्षक, कर्मचारीले सरकारी वकीलहरूसँग फौजदारी मुद्दाका विविध पक्षमा सवाल जवाफ गरेका थिए।
कार्यक्रमको मूल विषय फौजदारी मुद्दा तोकिएको भए पनि अन्तरक्रियाको क्रममा सहभागीहरूले साइबर कानून, वैवाहिक समस्या, पारपाचुके, बालबालिकाका समस्या जस्ता विषयमा धेरै जिज्ञाशा राखेका थिए। उप–न्यायाधिवक्ता नवराज रेग्मी, सहायक न्यायाधिवक्ता विद्यानन्द साह लगायत विज्ञले प्रश्नहरूका जवाफ दिएका थिए ।
रूपनगर क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलको प्रमुख आतिथ्यमा सम्पन्न अन्तक्र्रिया कार्यक्रमको सभापतित्व सह–न्यायाधिवक्ता धर्मअवतार कोइरालाले गरेका थिए ।
समाचार स्रोतः रूपनगर क्याम्पस फीचर सेवा
तपाईको प्रतिक्रिया