मटिहानीमा एक महिने मिथिला पेन्टिङ्ग तालिम सम्पन्न

समाचार

महोत्तरी । बाल विवाह नगर्ने किशोरीहरुका लागि मटिहानी नगरपालिकाद्वारा मटिहानीमा आयोजित १ महिने मिथिला पेन्टिङ तालिम बुधबार विधिवत सम्पन्न भएको छ ।

यसै बिच सहभागीहरुलाई मटिहानी नगरपालिका प्रमुख (मेयर) हरि प्रसाद मण्डलले प्रमाणपत्र वितरण गरेका हुन् ।

तालिममा मटिहानी नगरपालिकाका वडा नं. ६,७ र ८ का ३० जना किशोरीहरु सहभागी रहेका थिए ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिकाको वडा अध्यक्षहरु जितनारायण माझी, रितेश साह, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दिपा दास र प्रशिक्षक सुलोचना कर्णले कार्यक्रम बारे प्रकाश पारे ।

एक महिने मिथिला पेन्टिङ तालिममा विभिन्न किसिमका चित्र बनाउने कार्य सिकाइएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ