लैंगिकमैत्री तथा समावेशी उद्यम विकासमा सरकार प्रयासरत : मुख्यमन्त्री सिंह

समाचार

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लैंगिकमैत्री तथा समावेशी उद्यमको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको प्रतिनिधिमण्डलसँग बुधबार छलफल गर्दै मुख्यमन्त्री सिंहले महिलालाई आर्थिक रूपमा सशक्त बनाउन उद्यमशीलताका लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

‘महिलाको आर्थिक सशक्तिकरण बिना समावेशी विकास सम्भव हुँदैन,’ उनले भने, ‘महिला तथा पछाडि पारिएका समुदायलाई उद्यममा सहभागी गराएर मात्र दिगो विकास सम्भव छ।’

महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीको नेतृत्वमा गएको टोलीले ‘लैंगिकमैत्री तथा समावेशी उद्यम र व्यवसाय विकास’ सम्बन्धी स्थितिपत्र मुख्यमन्त्री सिंहलाई स्थितिपत्र बुझाएको थियो ।

महासंघले महिलाको उद्यमशीलता प्रवद्र्धनका लागि नीति सुधार, लगानीमैत्री वातावरण र सहुलियतपूर्ण पहुँच सुनिश्चित गर्न प्रदेश सरकारसँग आग्रह गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ