‘नेपाल प्राणीशास्त्र विद्यार्थी संघको अध्यक्षमा पटेल विजयी

समाचार

काठमाडौं । संघीय हिन्दू गणतन्त्र स्थापनार्थ राष्ट्रिय एकता अभियानका युवा विभाग प्रमुख दिवस पटेल त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरअन्तर्गत प्राणीशास्त्र केन्द्रिय विभागको ’नेपाल प्राणीशास्त्र विद्यार्थी संघ’ (ZOOSAN) को चुनावमा अध्यक्ष पदमा विजयी भएका छन् ।

उक्त निर्वाचन विभागीय प्रमुख प्रोफेसर डाक्टर कुमार सापकोटाको प्रमुख निरीक्षण र जनकराज सुवेदीको निगरानीमा सफलपूर्वक सम्पन्न भएको छ ।

प्राणीशास्त्र केन्द्रीय विभागद्वारा विद्यार्थीहरुलाई पढाईसँगै अन्य क्रियाकलाप, अनुसन्धान, तालिम र सेमिनार जस्ता रचनात्मक क्रियाकलापमा सहभागी गराउँदै आएको छ; जसले विद्यार्थीहरुमा नेतृत्व, निर्णयात्मक क्षमताको विकस र एकाग्रता अनि अनुशासनको पाठ सिकाउँछ ।

समर्पण र त्यागको भावना विकसित गराउँछ । यसले विद्यार्थीहरुको जीवनमा निस्चित लक्ष्यप्राप्तिका लागि संघर्षको गतिलो चेतना पनि ग्रहण गर्न सिकाउँछ । यहीँ पक्षहरुलाई महत्त्वमा राख्दै प्राणीशास्त्र केन्द्रीय विभागले ’नेपाल प्राणीशास्त्र विद्यार्थी संघ’ (ZOOSAN) को स्थापना गरेको छ ।

अध्यक्ष दिवस पटेलसँगै, उपाध्यक्ष शंकर वि.क, सचिव मोनि कुमारी चौधरी, सह–सचिव सुभाष न्यौपाने, कोषाध्यक्ष प्रिन्स राई र सदस्यमा आस्था बज्राचार्य, सत्यनारायण साह, ज्योति वर्मा, जिना लामा, रेखा लौडारी, रोदनी श्रेष्ठ, रुपक अर्याल र त्रिबिम बहादुर अधिकारी निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ