लोसपा महासचिव मिश्रले ‘लोकतान्त्रिक शहीद सन्तति वृत्ति कोष’ स्थापना गर्ने

समाचार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महासचिव एवं प्रवक्ता मनिष कुमार मिश्रले ‘लोकतान्त्रिक शहीद सन्तति वृत्ति कोष’ स्थापना गर्ने उद्घोष गरेका छन् ।

लोसपा महासचिव मिश्रले ‘सुदृढ तथा शिक्षित समाज निमार्णमा हातेमालो गरौं’ भन्ने उद्देश्यका साथ मधेश आन्दोलनको समयमा सहादत प्राप्त वीर शहीदका सन्तानहरूको शिक्षामा योगदान पुगोस् भन्ने उद्देश्यका साथ ५१ हजार रकम प्रदान गरि सो कोष स्थापनाको घोषणा गरेका हुन् ।

महासचिव मिश्रले बुधबार पर्न गएको आफ्नो जन्मदिनको अवसर पारी सो वृत्ति कोषको घोषणा गरेका छन् ।

उनका अनुसार मधेश आन्दोलनमा सहादत प्राप्त परिवारका बालबालिकाको समुचित शैक्षिक उत्थान एवं सामाजिक समावेशीकरणमा केन्द्रित रहने यो कोष कानूनी सल्लाहमा एक विशेष टिमद्वारा सञ्चालित हुनेछ ।

‘शहीद परिवारको साथ, सम्पूर्ण समाज’ भन्ने नाराका साथ स्थापित कोषका लागि महासचिव एवं प्रवक्ता मिश्रले व्यक्तिगत तर्फबाट ५१ हजार रूपैयाँसहित प्रारम्भिक योगदान घोषणा गरेका छन् ।

शहीदहरूको बलिदानको सम्मान यस अभियानप्रति शुभेच्छुक र पार्टीका अन्य सदस्यहरूको समेत सहयोग र सहकार्यको समेत उनले अपेक्षा गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ