नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीचको सहमतिपत्र

प्रेस बिज्ञप्ति

9/18/2018

१. संघीय समाजवादी फोरम नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ । सरकारद्वारा गर्न सकिने कामहरु सरकारको नीति र कार्यक्रममा समावेश गरिनेछ । उपरोक्त कार्यहरु आन्तरिक गृहकार्य गरी सहमतिमा समाधान गरिनेछ ।


२. उपरोक्त सहमतिका आधारमा संघीय समाजवादी फोरम, नेपाल सरकारमा सामेल हुनेछ ।

केपी शर्मा ओली, अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी तथा प्रधानमन्त्री, नेपाल सरकार


पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी


उपेन्द्र यादव, अध्यक्ष, संघीय समाजवादी फोरम नेपाल


मिति : २०७५ जेठ १४

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ