रुपन्देही, २५ असोज । लुम्बिनी प्रदेश योजना आयोगको समन्वयमा विभिन्न प्रदेशका पूर्व मुख्यमन्त्रीहरू तथा सबै प्रदेशका योजना आयोगका उपाध्यक्ष र सदस्यहरूको दुई दिने भेला रुपन्देहीमा सुरु भएको छ ।

धनगढी, २५ असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैशी निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं, २५ असोज । भारत सरकारको नेरु १.९२ करोड आर्थिक सहयोगमा काठमाडौंको बालुवाटारस्थित श्री महेन्द्र राष्ट्रिय माध्यमिकको विद्यालय भवन निर्माण सम्पन्न भएको छ ।

काठमाडौं, २४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेता आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।

महोत्तरी, २४ असोज । जिल्लाको मटिहानी नगरपालिकाका कृषकहरुलाई मोटर र पम्पिंङ्ग सेट वितरण गरिएको छ ।

सुनसरी, २४ असोज । ईटहरी उपमहानगरपालिका–३ शान्तिचोकस्थित सडकमा को.३१ प ६९४८ नम्बरको मोटरसाइकल र को.२१ प ६४३१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बाँके, २४ असोज । जिल्लाको खजुरा गाउँपालिकाबाट ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् ।

जनकपुरधाम, २४ असोज । इजरायलमा आतंककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई मधेश प्रदेश सरकारले रु पाँच लाख राहतस्वरुप दिने निर्णय गरेको छ ।

काठमाडौं, २४ असोज । आन्दोलनरत् स्थानीय तहका कर्मचारीलाई वार्तामा आउन सरकारले आह्वान गरेको छ ।

जनकपुरधाम, २३ असोज । दशैं, दीपावली तथा छठ पर्वलाई दृष्टिगत गरेर जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लामा विशेष सुरक्षा रणनीति बनाएर सोही अनुसारको सुरक्षा व्यवस्था गरेको छ ।

जनकपुरधाम, २३ असोज । नेकपा एमालेको जनकपुरधाममा बुधबारदेखि हुन लागेको मधेश प्रदेशको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ ।

नेपालगन्ज, २३ असोज । अवस्था सामान्य बनेपछि नेपालगन्जको कर्फ्यु र निषेधाज्ञा पूर्णरूपमा हटाइएको छ ।

कमल राज पौडेल देवकमल, बर्दिया, २३ असोज । जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत दुर्गा प्रसाईं माथि भएको दुर्व्यवहारका विरुद्ध राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔ महाअभियान बर्दियाका संयोजक सहादत गद्दीको नेतृत्वमा अभियन्ताहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

जनकपुरधाम, २३ असोज । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेशको स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार चाहिने बताएका छन् ।

काठमाडौं, २३ असोज । इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्मानमा सरकारले आज मंगलबारका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सुनसरी, २३ असोज । नागरिकको गुनासो र सुझाव सङ्कलन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सुनसरीले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं, २२ असोज । मानव अधिकार तथा शान्ति समाजले सोमबार दिउँसो राष्ट्रपति कार्यालय शितल निवास अगाडि विरोध प्रदर्शन गरेको छ ।

नवलपरासी पश्चिम, २२ असोज । बर्दघाट नगरपालिका–१४ गंगाबस्तीस्थित पोल्ट्री फार्ममा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

पर्सा, २२ असोज । वीरगंज महानगरपालिका–२४ रामगढवास्थित सार्वजनिक पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मोरङ, २२ असोज । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटहरी गाउँपालिका–७ बस्ने ३० वर्षीय करण सरदालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पर्सा, २२ असोज । वीरगंज महानगरपालिका–२५ मोजे सिर्सियास्थित सडकमा प्रदेश २–०३–०१७ प ६९७२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौं, २२ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायलमा भड्किएको दुई पक्षीय युद्धमा परि मृत्यु भएकाहरुप्रति दुःख व्यक्त गरेका छन् ।

काठमाडौं, २२ असोज । इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको विशेष बैठक बोलाएका छन् ।

मोरङ, २१ असोज । विराटनगर महानगरपालिका–१४ यादव टोलबाट अवैध लागूऔषध गाँजा ६ किलो ६० ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पर्सा, २१ असोज । वीरगंज महानगरपालिका–१ छप्कैया बस्ने भारत विहार सितामढी नरहा ग्राम घर भएकी ४० वर्षीया पुनम देबीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

ट्रेन्डिङ