नेपालगञ्ज, २५ मंसिर । नेपालगञ्जस्थित निलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक केन्द्रलाई रु तीन लाख सहयोग प्राप्त भएको छ ।
रौतहट, २५ मंसिर । पूर्वपश्चिम गण्डक नहरअन्तर्गत आवतजावत गर्नका लागि बनाइएका दर्जनौँ पुल जीर्ण हुँदा दिनहँु दुर्घटना भइरहेका छन् ।
धनगढी, २५ मंसिर । ‘लौ आयो हजुर, निगालीको सुन्तला, खानमा निकै स्वादिलो ।’ सुन्तला व्यापारी नरेन्द्र धामी सोमबार धनगढी बजारमा निगालीको सुन्तला बेच्न यसरी प्रचार प्रसार गरिरहेको भेटिए ।
तुलसीपुर, २५ मंसिर । नेपाल नेत्रज्योति सङ्घ दाङको भौतिक पूर्वाधार निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोष, दाङ क्षेत्र नं १ बाट रु ५० लाख रकम विनियोजन भएको छ ।
जनकपुरधाम, २५ मंसिर । जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हुँदैछ । सोमबार तिलकोत्सव सम्पन भएको थियो ।
काठमाडौं, २५ मंसिर । समृद्ध सिन्धुली अभियानको आयोजनामा सुरु भएको राइड टु सिन्धुलीगढी साइकल यात्रा सोमबार सिन्धुलीगढीहुँदै सिन्धुलीमाढी पुगेको छ ।
जनकपुरधाम, २५ मंसिर । सीताराम विवाहपञ्चमी महामहोत्सवमा नेपाली सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने भएको छ ।
काठमाडौं, २५ मंसिर । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ‘डा अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड २०१८’ बाट सम्मानित भएका छन् ।
सिरहा, २४ मंसिर । महिला हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानलाई सफल बनाउन मिर्चैयामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जनकपुरधाम, २४ मंसिर । जनकपुरमा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको चौथो दिन सोमबार तिलकोत्सव सम्पन्न भएको छ ।
जनकपुरधाम, २४ मंसिर । प्रदेश २ मा विवाह पञ्चमीको अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले मङ्सिर २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ ।
कैलाली, २४ मंसिर । सुदूरपश्चिम प्रदेशकै कला, संस्कृति, पर्यटन, व्यापार, कृषि प्रवद्र्धन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका–१४ को फूलवारी गाउँमा महोत्सव आयोजना हुने भएको छ ।
रौतहट, २४ मंसिर । इशनाथ नगरपालिका–५ लक्ष्मिनिया गाउँस्थित नहरमा ना.६ त २५८३ नम्बरको ट्याक्टरले सोही ठाउँ बस्ने
झापा, २४ मंसिर । स्कुल बसको ठक्करबाट झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङ्गी सडकखण्डमा एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ ।
सप्तरी, २४ मंसिर । विद्युत् सर्ट भएर सप्तरीको बोदे बसाइन नगरपालिका–१ स्थित धनगढीमा आगलागी हुँदा करीब १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
काठमाडौं, २४ मंसिर । ७० औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका दिन मानव अधिकार तथा शान्ति समाज नेपालले प्रधानमन्त्री निवास वालुवाटार अगाडि आयोजना गरेको विरोध प्रदर्शनबाट प्रहरीले २५ अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ ।
काठमाडौं २४ मंसिर । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारले विभिन्न चार मुलुकमा राजदूतका लागि प्रस्ताव गरेका नामलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
काठमाडौँ २४ मंसिर । बैदेशिक रोजगार विभागको अनुगमन टोलीले बन्सुन्धरा स्थित साव इन्टर्नेशनल ह्युमन रिसोर्सका प्रवन्ध निर्देशक गणेश बहादुर पतेनीभाटलाई नगद ३ लाख ३५ हजार लिंदा लिंदै समातेको छ ।
जनकपुरधाम, २३ मंसिर । रामजानकी विवाह महोत्सव अर्थात् विवाह पञ्चमीको अवसरमा नेपाल र भारतका कविहरुको गोष्ठी सम्पन्न भएको छ ।
कपिलवस्तु, २३ मंसिर । रुपन्देहीको दक्षिणी पश्चिमी पिछडिएको क्षेत्रमा एक कार्यक्रमका बीच स्थानीय किसानहरुलाई कृषिजन्य सामग्री तथा साधनहरु वितरण गरिएको छ ।
जनकपुरधाम, २३ मंसिर । प्रेस काउन्सिल नेपालको पूर्ण बोर्ड बैठकले छबुँदे घोषणापत्र जारी गरेको छ । बिहीबारदेखि शनिबारसम्म चलेको बैठकले जारी गरेको घोषणापत्र
लहान, २३ मंसिर । नेपालमै जन्मेर यहीँ बस्दै आए पनि नेपाली पहिचान नपाएका सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका गोनर सदाले ५४ वर्षमा बल्ल पाए नागरिकता प्रमाणपत्र ।