रौतहट, १६ असार । जिल्ला समन्वय समिति रौतहटको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामअयोध्या यादव विजयी भएका छन् ।

काठमाडौं, १५ असार । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता मनिष मिश्रले नागरिकता विधेयक अहिलेसम्म पारित नगर्नु भनेको सरकार मधेशप्रति अनुदार रहेको पुष्टी भएको बताएका छन् ।

काठमाडौँ, १४ असार । नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७१ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरेर मनाइँदैछ ।

जनकपुरधाम, १३ असार । लोसपाका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले मधेश विरोधी दलहरूसँग मिलेर जसपाले मधेशी जनताको भावनामाथि कुठाराघात गरिरहेको आरोप लगाएका छन् ।

काठमाडौँ, १२ असार । प्रतिनिधिसभाका सांसदहरूले संसद्मा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक तत्काल अघि बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौं, १२ असार । कौशल कुमार सिंह नेतृत्वको लोक दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा समाहित भएको छ ।

काठमाडौँ, १२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिएका छन् ।

काठमाडौं, १० असार । सत्ता साक्षेदार नेकपा (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई फेर्ने गरेको निर्णयको असर जसपामा पनि परेको छ ।

काठमाडौं, ८ असार । पूवसञ्चारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निवेदन पेस गरेपछि त्यसविरुद्ध उजुरी पर्ने क्रम जारी छ ।

सिरहा, ६ असार । जिल्ला समन्वय समिति सिरहामा नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) को प्यानल विजयी भएको छ ।

जनकपुरधाम, ६ असार । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्राप्त उपलब्धिहरूको संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताएका छन् । 

जनकपुरधाम, ६ असार । हालै भएको स्थानीय तहको चुनावमा जनकपुरधाममा मेयरमा स्वतन्त्र उम्मेदवारी दिने बलराम महतो जसपामा प्रवेश गरेका छन् ।

काठमाडौं, १ असार । जनता समाजवादी पार्टी (जसपा) को विधान सम्मेलन स्थगित भएको छ ।

जनकपुरधाम, ३१ जेठ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले जिल्ला इन्चार्ज र निर्वाचन क्षेत्रका लागि केन्द्रीय पर्यवेक्षक तोकेको छ । गत साता सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले जिल्ला इन्चार्ज र निर्वाचन क्षेत्रका लागि केन्द्रीय पर्यवेक्षक तोकेको हो ।

बारा, ३० जेठ । बारा जिल्ला समन्वय समितिमा नेकपा एमाले र लोसपाको प्यानल नै निर्वाचित भएको छ ।

काठमाडौँ २१ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । 

जनकपुरधाम, २१ जेठ । मधेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

काठमाडौँ, २० जेठ । नागरिकता ऐन (संशोधन) विधेयक छिटो पारित गरिनुपर्नेमा सांसदले जोड दिएका छन् ।

रुपन्देही, २० जेठ । पार्टी विभाजनपछि नयाँ रणनीति तय गर्न विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी असोजमा महाधिवेशन गर्ने तयारी गरेको छ ।

रुपन्देही, २० जेठ । जिल्ला समन्वय समिति रुपन्देहीको गठनमा सत्तारुढ ५दलीय गठबन्धन अल्पमतमा पर्ने देखिएको छ । रुपन्देहीमा रहेका १६ स्थानीयतहमध्ये कांग्रेस एक्लैले १० वटा स्थानीय तहको प्रमुख जितेको छ ।

रौतहट, १९ जेठ । रौतहटस्थित एक स्थानीय तहमा बाम गठबन्धन गरी कम्युनिस्ट समर्थित ८ जना उम्मेदवार नगर कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् ।

नेपालगंज, १९ जेठ । नेपाली कांग्रेस जिल्ला कार्य समिति बाँकेको पार्टी कार्यालयमा नेता–कार्यकर्ताले तालाबन्दी गरेका छन् ।

ट्रेन्डिङ