अज्ञात समूहद्वारा रिक्सामा आगजनी

समाचार

12/1/2018

नेपालगन्ज, १३ मंसिर । नेपालगन्ज उपमहानगरपालिका–१ खजुरा रोडमा पार्किङ गरिएका अटो रिक्सा र एउटा घुम्ती पसलमा अज्ञात समूहले आगजनी गरेको छ ।

नेपालगञ्जका अब्दुल लतिफ हल्वाइका चार तथा अब्दुल रसिदको एउटा रिक्सामा आगजनी गरिएको हो ।

अज्ञात समूहले नजीकैको एउटा घुम्ती किराना पसलमासमेत आगजनी गरेको छ ।

घटनाको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा, उपप्रमुख उमा थापा र वडा नं १ का अध्यक्ष प्रमोद रिजालले स्थलगत निरीक्षण गरेका छन् । आगजनीबाट घुम्ती पसलको सामान नष्ट भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ