अतिविपन्न परिवारलाई चुल्हो वितरण

समाचार

9/22/2019

सर्लाही, ५ असोज । सर्लाहीको चन्द्रनगरमा ७२ अतिविपन्न परिवारलाई सरकारले सुधारिएको चुल्हो वितरण गरेको छ ।
गाउँपालिका अध्यक्ष महेन्द्र महतोका अनुसार गाउँपालिकाको ७ वटै वडाबाट अतिविपन्न र दलित परिवार छनौट गरी एक–एक थान सुधारिएको चुल्हो वितरण गरिएको हो ।
दाउराको खपत कम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले परीक्षण स्वरुप पहिलो चरणमा ७२ परिवारलाई सुधारिएको चुल्हो वितरण गरिएको गाउँपालिका कार्यायलले जनाएको छ ।
प्रदेश सभा सदस्य उपेन्द्र महतोको प्रमुख आतिथ्यतामा अतिविपन्न र दलित परिवारलाई सुधारिएको चुल्हो वितरण गरिएको हो ।
विज्ञले सुधारिएको चुल्हो नियमित प्रयोग गरे दाउरा कम लाग्नुका साथै वातावरण संरक्षणमा टेवा पुग्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ