अध्यक्ष साहमाथि संघातिक हमला

समाचार

2/24/2019

रौतहट, ११ फागुन । नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष रविन्द्र प्रसाद साह माथि गौर नगरपालिका वडा नं.४ कविर चौकमा सांघातिक हमला भएको छ ।

पान खानका लागि पसलमा गएको बेला मुख छोपेर आएका समूहले हमला गरी अध्यक्ष साहलाई घाइते बनाएको हो ।

तीनचार जनाको समूहमा आएका व्यक्तिले बाँसको लाठीबाट धमाधम प्रहार गरेको पीडित साहले बताएका छन् । लाठीको प्रहारबाट पत्रकार साहको टाउको तथा दाहिने हातमा चोट लागेको छ । बेलुकी साढे सात वजेको समयमा आक्रमण गरिको छ ।

जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि विरगंज पढाइएको छ । अवस्था खतरामुक्त रहेको छ ।

पिडित साहले गौरकै संजय सहनी र राजनारायण साह भन्ने आरएन साहले आफु माथि सांघातिक हामला गरेको आरोप लगाएको छ । पिडित संघिय समाजवादी फोरम नेपाल रौतहटको सदस्य रहेका छन भने आरोपित नेकपा समर्थन रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ