कैलाली, १० कार्तिक । धनगढी उपमहानगरपालिका–१२ स्थित सडकमा अनटेष्ट लेखिएको अटोको ठक्करबाट एकको मृत्यु भएको छ ।
अटोको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ५६ वर्षीय राम बहादुर लोप्चनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ ।
अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया