अनटेस्ट ट्याक्टरको ठक्करबाट एकको मृत्यु

समाचार

12/3/2019

बारा, १७ मंसिर । महागढीमाई नगरपालिका–४ बरियारपुर मलेनीचोकमा अनटेस्ट लेखिएको ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीलाई सर्लाही बरहथवा नगरपालिका–५ बस्ने ६० वर्षीय राजाराम रायको कलैया अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ