रौतहट, १७ साउन । परोहा नगरपालिकाले अनाथालयलाई दुई लाख पचास हजार रुपैयाँ सहयोग गरेको छ ।
रौतहटको गरुडामा रहेको वंशीराम जयसवाल अनाथालयको आर्थिक अवस्था सुधार गर्न नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको हो ।
अनाथालमा रहको बालबालिकाको भरण पोषणका लागि अनाथालयले स्थापना गर्न लागेको अक्षय कोषका लागि परोहा नगरपालिकाका मेयर शेख वकिलले दुई लाख पचास हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
गरुडा नगरपालिका ४ मा रहेको यस अनाथालयमा ३० जना बालबालिका कष्टकर जीवन बाँचिरहेका छन् ।
तपाईको प्रतिक्रिया