अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालय उद्घाटन

समाचार

1/22/2019

धनगढी, ८ माघ । अन्नपूर्ण मिडिया नेटवर्कको ब्यूरो कार्यालय उद्घाटन भएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार धनगढीमा कार्यालयको उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री भट्टले प्रदेशका समाचारलाई पनि स्थान दिन केन्द्रीय सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

उनले प्रदेश सरकारले मिडिया मैत्री कानून निर्माण गर्न लागेको जानकारी समेत गराए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ