रौतहट, १३ पुस । रौतहटमा किसानका लागि प्रदेश सरकारले उपलब्ध गराएको अनुदान स्वरूपको गहुँको बीउमा भएको अनियमितताको विषयमा तथ्यगत समाचार लेखेको कारण जिल्ला कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख राजनारायण यादवले मधेशवाणी राष्ट्रिय साप्ताहिकका रौतहट जिल्ला प्रतिनिधि राकेश कुमार यादवलाई धम्की दिएका छन् ।
प्रदेश सरकारको निर्णय अनुसार राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेड हेटौडाले मङ्सिर १३ गतेका दिन उपलब्ध गराएका ६९ मेट्रिक टन गहुँको कृषक सहकारी संस्थाहरुले गरेको अनियमिताको विषयमा निरन्तर रुपमा समाचार लेखेको निहुँमा ज्ञान केन्द्रका प्रमुख यादवले फोन गरेर पत्रकारिताबाट समाप्त पर्ने धमकी दिएका हुन् ।
संघीय प्रेस फोरम नेपाल प्रदेश २ का कोषाध्यक्ष तथा नेपाल पत्रकार महासंघ रौतहटका साधारण सदस्य समेत रहेका पत्रकार यादवको मोबाइल नम्बर ९८४५१७०१०७ मा प्रमुख यादवले आफ्नो मोबाइल नम्बर ९८५५०२४००१ बाट फोन गरेर ‘तुमको पत्रकारिता से हात धोना पड़ेगा, साथसाथ अदालत में तारीख धुलबानेको साथ और भी तारीख ढोबाऐंगे’ भनी धम्क्याएका हुन् ।
रौतहटका किसानहरुलाई सहज रुपमा विउ उपलब्ध गराउने उद्देश्यले सरकारले दोस्रो चौमासिकमा पठाएका ७८ लाख ५० हजार रुपैयाको खर्च बाडफाट गरेका प्रमुख यादवले सोही रकमबाट मिन्हा गर्ने गरी सवारी मर्मत, दैनिक भ्रमण भत्ता, बैठक सहभागी भत्ता लगायतमा खर्च गरेका कागजातबाट पुस्टि भैरहेको अवस्था रहेको छ ।
विगत लामो समयदेखि रौतहटमा कार्यालय प्रमुखका रुपमा रहेर कार्य गर्दै आएका यादवले आफ्ना गफ मेलका कृषक सहकारी सस्थाका अध्यक्षहरुलाई कार्यक्रम दिने गरेको हुँदा बसेको अवधिसम्मको सम्पूर्ण शीर्षकको रकमको खर्चको विवरणलाई सूक्षम अनुगमन निरीक्षण गर्नुपर्ने जरुरी रहेको छ ।
तत्कालीन कृषि विकास कार्यालय रहेको बेला सानो सिचाई कार्यक्रम, तेलहन विउ वितरण, पकेट तरकारी खेती, माछापालन, आँपको बोट वितरण, पम्पसेट वितरण, गत आर्थिक वर्षमा किसानको क्षतिपूर्ति दिनलाई आएको करीव ११ करोड़ रकमको विषयमा छानविन गर्नुपर्ने स्थानीयहरुको माग रहेको छ । गौरमा जग्गा खरीद गरी भवन निर्माण गरेका प्रमुख यादवको सम्पतिको छानविन गर्नुपर्ने देखिन्छ ।
तपाईको प्रतिक्रिया