स्रोत खुलाउन सकेपछि अन्सारी विभाग चलान

समाचार

7/25/2019

राकेश यादव, रौतहट , ८ साउन । बरामद भएको ठूलो परिणामको नगदको भरपर्दो स्रोत खुलाउन नसकेपछि पक्राउ परेका एक जनालाइ कानुनी कारवाहीको लागि सम्पति शुद्धिकरण विभागमा चलान गरिएको छ ।

साउन ६ गतेका दिन दिउँसो १ बजेको समयमा गौर नगरपालिका वडा नम्बर ३ बिपी चोकबाट पक्राउ परेका गढीमाई नगरपालिका वडा नं ७ बस्ने वर्ष २३ को अजमतुल्ला अन्सारीलाइ कारबाहीको लागि विभागमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


अन्सारीले बोकेको कालो रङको झोलामा नेपाली रु २५,००,००० (पचिस लाख ) रकम फेला परेकोमा निजलाई प्रारम्भिक सोधपुछ तथा अनुसन्धान गर्दा उक्त रकमको भरपर्दो स्रोत खुलाउन नसकेको हुँदा कानुन बमोजिम उक्त रुपैयाँ बरामद गरी निजलाई आवश्यक अनुसन्धानको लागि यस कार्यालयमा प्रारम्भिक अनुसन्धान पश्चात आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि उक्त पैसा सहित निज व्यक्तिलाई सम्पति शुद्धिकरण विभाग, हरिहर भवन पुल्चोक ललितपुर पठाइएको प्रहरी नायव उपरीक्षक नविन कार्कीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ